बागलुङमा सहज हुँदै रासायनिक मल

बाग्लुङ | असार २१, २०७९

बागलुङमा सहज हुँदै रासायनिक मल


बागलुङ:    बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ ।  नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालिको लागि आवश्यक पर्ने सो मल वितरण गर्न लागिएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

वीरगञ्ज साल्ट टेडिङ बाट मल आउन शुरु गरेको र यहा पनि  करिब दुई गाडी मल भित्रिएको उहाँको भनाइ छ । रासायनिक मलको मुल्य  सम्बन्धित पालिकाले तोके बमोजिम बिक्री वितरण गरिने कर्पोरेशनले जनाएको छ । मल आउने क्रम जारी रहेको छ ।

    

रासायनिक मल बागलुङ सहित पर्वत र म्याग्दीमा समेत वितरण गरिने कर्पोरेशनको भनाइ छ । तत्कालका लागि आवश्यक युरिया र डिएपी मल भित्रिएकाले मल अभावमा निरास बनेका किसानको लागि अब केही राहत हुने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्